खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुयैयाँ घट्यो

२१ साउन ०७६, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।

आयल नियमले खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको हो । अब ग्यासको मूल्य १३सय पचहत्तर रुपैया कायम भएको छ ।

त्यसैगरी, निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य भने बढाएको छ । पेट्रोलमा प्रतिलिटिर १ रुपैयाँ बढाउँदा प्रतिलिटर मूल्य १०९ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ५० पैसा बढेर ९७ रुपैयाँ पुगेको छ ।

तर हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत