२५ औँ विश्व आदिवासी जनजाति दिवस मनाईयो

२४ साउन ०७६, काठमाडौं । राजधानीमा २५ औँ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा राजधानीमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा वभिन्न आदिवासी जनजाति सहभागी भई उक्त दिवस मनाईएको हो ।

दिवसको अवसरमा विभिन्न आदिवासी जनजातिहरु परम्परागत साँस्कृतिक भेषभुषामा सजिएर ¥यालीमा सहभागी थिए । राजधानीको भृकुटीमण्डपबाट सुरु गरेको ¥याली त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा आई सभामा परिणत भएको थियो ।

सभालाई संघीय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, मगर संघका अध्यक्ष नवीन रोका मगरलगायतले सम्बोधन गरेका थिए ।

त्यसअघि विविध सांस्कृतिक झाँकीसहितको ¥यालीमा ‘खोलालाई बग्न देऊ’, ‘खोला हाम्रो जीवन’, महिला रोकिए संसार रोकिन्छ’ जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत