२८ साउन ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीको अभिव्यक्तिप्रति मंगलबार संसदको विशेष समयमा बोल्दै आपत्ति जनाएका हुन् ।
गृहमन्त्रीले साउनको पहिलो हप्ता निर्मला प्रकरणमा सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।
‘निर्मला प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ गृहमन्त्री बादलले भनेका थिए ।
‘तपाईंको घर परिवारमा यस्तो घटना भएको भए यही भन्नुहुन्थ्यो ?’ भन्दै काँग्रेस नेता कँडेलले गृहमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनु पर्ने बताए ।
उनले पहिले श्रीपेचको आडमा र अहिले बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको आरोप समेत लगाए । भने, कँडेलको भनाईप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीले नियमापत्ति जनाइन् ।