धर्मावलम्बीहरुले जनैपूर्णिमा र रक्षा बन्धन पर्व मनाउँदै

३० साउन ०७६, काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा अर्थात् रक्षा बन्धन/राखी पर्व मनाइरहेका छन् ।

देशभरि बिहानैदेखि मन्दिरहरूमा जनसाधारणको घुइँचो लाग्न थालिसकेको छ भने जनसाधरणहरू मन्दिरमा जनै फेर्न, डोरी बाँध्नका लागि पुगेका छन् । यस्तै तराईमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई ‘राखी’ बाँध्ने प्रचलन रहिआएको छ ।

तराईमा जताततै भाइ–बहिनी बीचको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन सुन्न सकिन्छ । रक्षाबन्धन पर्वको अवसरमा तराई उल्लासमय बनेको छ ।

यतिबेला दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा ‘राखी’ बाँधेर र दाजुभाइले दिदीबहिनीलाई केही उपहार/दक्षिणा पैसा दिएर मिठो मिठो भोजन परिकार खाँदै खुवाउँदै रक्षा बन्धन पर्व धुमधामका साथ मनाइरहेका छन् ।

तराईवासी समुदायमा प्रचलित ‘राखी’ बाँध्ने चलन केही वर्षयता पहाडी समुदायमा सरेको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत