२९ साउन ०७६, भक्तपुर । नेपाल प्रहरीको टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजा नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूल्गाउँमा रहेका ७ हजार भन्दा बढी गाँजाको बोट फडानी गरेको हो ।
प्रहरी उपरीक्षक जोशीले गाँजाले समाजमा बिकृति र कुलत बढाउने भएकाले स्थानीय बासिन्दाको करेसा र मकैबारीदेखि पखेरामा रहेका गाँजाको बोट फडानी गरी नष्ट गरिएको जानकारी दिए ।
यस्तै गत आइतबार मात्रै प्रहरीले सूर्यविनायक नगरपालिका–७, गुन्डु नयाँबस्तीमा रहेको गाँजाका बोटहरू नष्ट गरेको थियो ।