सवइन्जिनियर २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ

१ भदौ ०७६, काभ्रे । अख्तियारले सेवाग्राहीसँग घुस लिने क्रममा रकमसहित बनेपा नगरपालिका–११ का एक सवइन्जिनियरलाई पक्राउ गरेको छ ।

करारमा कार्यरत सवइन्जिनियर आकाश श्रेष्ठलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ नगद घुस लिने क्रममा टङ्गालबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सवइन्जिनियर श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्णक्षति भएको घर निर्माणको क्रममा प्राप्त किस्ता रकम निकासको लागि अनुगमन प्रतिवेदन तयार गरेबापत घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

श्रेष्ठलाई बनेपा नगरपालिका–८ नाला दोबाटोमा रहेको एक रेस्टुरेन्टबाट आइतबारबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत