१२ वटा सुन गोहोरोसहित एकजनालाई पक्राउ

२ भदौ ०७६, काठमाडौं । मोरङमा प्रहरीले १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजनालाई पक्राउ गरेको छ ।

मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुन गोहोरोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनियातर्फ लैजाँदै गर्दा पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा पठाएको छ ।

संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बन्देज लगाइसकेको छ । यस्ता जन्तुको निकासी पैठारी गरेको पाइएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत मुद्दा चलाएर कारवाही गरिन्छ ।

यो मुद्दामा दोषी ठहरिएकालाई अदालतले २ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने कानूनी प्रावधान छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत