चिन्तन र प्रवृतिले गर्दा सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौति छ – पोखरेलले

७ भदौ ०७६, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृतिले गर्दा सार्वजनिक सम्पत्ति रक्षा गर्न नसकिएको बताएका छन् ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रमम उनले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्धमा वास्तवमा हामी सबैले जुध्नुपर्छ । सार्वजनिक सम्पत्ति सबैको सम्पत्ति हो । जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’ उनले भने –‘अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? म तपाईंहरुलाई तोकेर भन्न चाहन्न । हामीभित्रै समस्या छन् ।’

पोखरेलले निर्वाचित भएका प्रतिनिधिहरुले मात्र नभई निर्वाचित नभएका आम सचेत नागरिकहरुले पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको बताए ।  धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुनर्निर्माणको धमाधम भइरहेको जानकारी दिँदै उनले यस काममा कहीँ कतैबाट अवरोध गर्न नहुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत