नेपाल र लुसियाबीच कुटनीतिक सम्बन्ध स्थापना

११ भदौं ०७६, काठमाडौं । नेपालले सन्ट लुसियासँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् ।

बुधबार विहान संयुक्त राष्ट्रसंघमा भएको सो हस्ताक्षर समारोहपछि दुवै देशकोतर्फबाट राष्ट्रसंघ महासचिव एन्टोनिओ गुटेरसलाई आपसी कुटनीतिक सम्बन्ध स्थापित भएको जानकारी दिएका छन् ।

दुवै देशका नागरिकस्तरमा सम्बन्ध बिस्तार गर्ने तथा आपसी सहयोगका क्षेत्रबारे छलफल गर्ने नेपाली नियोगले जनाएको छ ।
योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६७ पुगेको छ ।

यो देशले सन् १९७९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो । नेपाल र सेन्ट लुसिया असंलग्न परराष्ट्र नीतिमा सँगै छन् । भूगोलको हिसाबले लुसिया विश्वको अठारौं सानो देशमा पर्दछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत