पशुपति मित्र माध्यमिक विद्यालयका लेखापाल एक लाख ५० हजार घुससहित पक्राउ

१२ भदौ ०७६, काठमाडौं । पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. सोवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका छन् ।

लेखापाल पराजुली र बि.सीलाई एक लाख ५० हजार घुस लिँदालिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरुलाई विद्यालय परिसरबाटै विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत