पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

२४ भदौं ०७६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई मनन गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्यमा दुई रुपैयाँ घटाई नयाँ खुद्रा मूल्य कायम गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ९५ कायम गरिएको छ । ससअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत