निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा ४ जना पक्राउ

२५ भदौ ०७६, कास्की । निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले ४ जनालाई पक्राउ गरेको छ ।

पोखरा ६ लेकसाइड बस्ने एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा प्रहरीले मंगलबार बिहान नयाँबजारमा रहेको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अघिबाट ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा ८ का ५० वर्षीय बासुदेव पोखरेल, पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा, पोखरा १५ का ४२ वर्षीय गौतम थापा र पोखरा २ का ३४ वर्षीय रोहित सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले ती निर्माण व्यवसायीलाई सेवा केन्द्रको कार्यालयअघिबाट जबरजस्ती गाडीमा हालेर पछिबाट मोटर साइकलबाट स्कर्टिङ गरेर लगिएको सूचना पाउने बित्तिकै खटिएका टोलीले निर्माण व्यवसायीलाई पोखरा ९ रहेको निर्माण व्यवसायी समितिको क्षेत्रभित्रैबाट उद्धार गरी घटनामा संलग्नलाई नियन्त्रणमा लिइएको बताए ।

अपहरण गर्न प्रयोग गररिएका सवारी साधनसहित अपहरणमा संलग्नलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले उद्धार गरिएका निर्माण व्यवसायीको नाम भने खुलाएको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत