तरुण दलभित्र चुलियो विवाद : संगठनबाट अध्यक्ष र महासचिव दुबै निश्कासित

२८ भदौ ०७६, काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलभित्रको विवाद एकअर्कालाई पदबाट निश्कासन गर्ने हदसम्म चुलिएको छ ।

शनिबारसम्म आइपुग्दा अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भुपेन्द्रजङ्ग शाहीको अन्तरविरोध एकअर्कालाई पदबाट बर्खास्त गर्ने गरी चुलिएको हो ।

अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादा, जिम्मेवारी र नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत अनुशासनहीन कार्यहरू गरेको आरोप लगाएका छन् ।

त्यसैगरी महासचिव शाहीले जारी गरेको पत्राचारमा अध्यक्ष जीतजंग बस्नेतले बाढी पीडितको नाममा संकलित लाखौं रकम दुरुपयोग गरेको साथै संगठनलाई विधि विधान अनुरुप सञ्चालन नगरेको भन्दै एक वर्षका लागि निष्काशन कारवाही गरिएको उल्लेख छ ।

बस्नेत र शाहीले यसपूर्व एकअर्काको निर्णयलाई अवैध भन्दै खारेज गरेका थिए तर शनिबार तरुण दलको लेटरप्याड प्रयोग गरिएको पत्रमा अध्यक्षले महासचिवलाई र महासचिवले अध्यक्षलाई पदबाट निश्कासन गरिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोधार्थ दिएका छन् ।

अध्यक्ष बस्नेत र महासचिव शाहीले जारी गरेको पत्रको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत