पत्रकार आचार्य राष्ट्रिय शिखर पुरस्कारबाट सम्मानित

२९ भदौ ०७६, काठमाडौं । चितवनमा लामो समयदेखि क्रियाशील युवा पत्रकार राजेन्द्र आचार्यसहित सातै प्रदेशका उत्कृष्ट किसान राष्ट्रिय शिखर पुरस्कारबाट सम्मानित भएका छन् ।

आइतबार शिखर नेपालको आयोजनामा आयोजित कार्यक्रममा पत्रकार आचार्यसँगै फोटो पत्रकार श्रीधर पौडेल लगायत व्यक्तित्वहरू उक्त पुरस्ककरबाट सम्मानित भएका हुन् ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मानित व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा शिखर व्यक्तित्व सम्मान २०७६ बाट चितवनकी समाजसेवी मञ्जु खाँड सम्मानित भएकी छन् । त्यसैगरी कुखुरापालन क्षेत्रमा सक्रिय लक्ष्मी राणा शिखर कर्मशील कृषक अवार्ड सम्मानित भएकी छन् ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, पूर्वउद्योग मन्त्री महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत