नेकपाको सचिवालय बैठक बस्दै : प्रदेश २ को विवादबारे पनि छलफल

४ असोज ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताले बिहीबार स्थगित बैठक आज बस्न लागेको हो ।

आज शनिबार बस्ने बैठकमा एकता प्रक्रियाका बाँकी रहेका कामको टुङ्गो लगाउने, पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन, कार्य विभाजन गर्ने साथै प्रदेश २ को पार्टी विवादबारे पनि छलफल हुने नेकपाले जनाएको छ ।

दुई नम्बर प्रदेशमा पछिल्लो समय नेकपाका नेता, कार्यकर्ताहरु एकले अर्कोलाई नस्वीकार्ने र आ-आफ्नै गुटलाई सही भन्दै एकअर्काविरुद्ध पार्टी हेडक्वाटरमा निवेदन हाल्ने तहसम्म पुगेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत