बेनीमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता, विद्यालयसहित ८ घर बगायो

५ असोज ०७६, बागलुङ । म्याग्दीको बेनी नगरपालिका–३ स्थित बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।

शनिबार राति १० बजे खहरे खोलाले धार परिवर्तन गरी घरतिर आएपछि घरबाट निस्केर भाग्ने क्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा १० वर्षकी प्रविना परियार र ७ वर्षकी अनुष्का परियार रहेका छन् ।

बाढीले बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल समेत ध्वस्त पारेको छ । विद्यालयको होस्टेलतर्फको भवनको भुइँ तलामा क्षति पुगे पनि होस्टेलमा रहेका सबै ३० जना विद्यार्थी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले सेते सार्की, कलिमान दर्जी, रामाया परियार, पार्वती परियार, गुप्ते दर्जी, रेशम दर्जी र दीपक जुग्जालीको  पुरै घरका साथै जुग्जालीको कुखुरा फार्मसमेत बगाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत