संसारमा चीनको जस्तो शासन कहीं पनि छैन् – काँग्रेस नेता खाँण

८ असोज ०७६, चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपालमा चिनियाँ राजनीति भित्र्याए कम्युनिष्टलाई नै घातक हुने बताएका छन् ।

बुधबार चितवनमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँडले यस्तो बताएका हुन् ।

चीनमा जनताले मतदान गर्न पाउँदैनन् भन्दै उनले कम्युनिष्ट शासन ल्याउन नेपाली जनताले भोट नहालेको बताए ।

सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले भने, ‘संसारमा चीनको जस्तो शासन कहीं पनि छैन्, जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।’

अर्को एक प्रसङ्गमा काङ्ग्रेसले मिडिया विधेयकलाई जस्ताको तस्तै पास गर्न नदिने भन्दै लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काँग्रेस रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत