मन्त्रीहरूको कार्ययोजना र काम गराईप्रति प्रधानमन्त्री असन्तुष्ट

९ असोज ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कार्ययोजना र काम गराईमा तालमेल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबारको बैठकमा मन्त्रीहरुको काम गराइप्रति असन्तुष्ट व्यक्त गरेका हुन् ।

बिहीबार आयोजित समीक्षा बैठकमा मूल्यांकन शाखाले मन्त्रालयहरूका कार्ययोजना र हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।
मन्त्रिपरिषदको कार्यालयका अनुसार सम्झौताअनुसार काम नगर्ने वा गर्न नसकेका मन्त्रालयलाई रातो चिह्नमा देखाइएको थियो ।

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री ओलीले दुई महिनापछि हुने समीक्षा बैठकमा रातो चिह्न हटाउनु पर्ने निर्देशन दिँदै भने, ‘दुई महिनापछि पुनः समीक्षा हुन्छ । त्यसबेला रातो चिह्न नआओस् । रातो चिह्न हटाउनुस् ।’

समीक्षा बैठकमा मन्त्रिपरिषदको कार्यालयबाट प्रस्तुत गरिएको चार्टमा अन्तर्मन्त्रालय समन्वय फितलो देखिकिको छ । जसलाई अधिकांश मन्त्री र सचिवहरूले स्वीकार गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत