१५ असोज ०७६, काठमाडौं । बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, मन्त्रालयका पदाधिकारीसहितको बैठकले ४ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव निरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् ।
बैठकले समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णय समेत गरेको छ ।