निवर्तमान सभामुख महराले फिर्ता गरे सरकारी सुविधा

१६ असोज ०७६, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।

सभामुखको हैसियतमा रहँदा महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।

उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए भने बा२झ १२६८ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले मंगलबार राजीनानमा  दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत