नेपाल टेलिकमको फोरजी सेवा ३६ जिल्ला ५९ शहरमा शुभारम्भ

१६ असोज ०७६, काठमाडौं । नेपाल टेलिकमले ३६ जिल्लाको ५९ शहरमा फोरजी सेवा शुभारम्भ गरेको छ ।

टेलिकमले बुधबारदेखि ३६ जिल्लाको ५९ शहरमा फोरजी सेवा सञ्चालन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कुराकानी गरेर उक्त सेवा सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौं उपत्यका र पोखरामा फोर जी सेवा यसअघिदेखि नै सञ्चालनमा आएको थियो ।

व्यावसायिक कारोवार हुने, जनघनत्व बढी भएको शहर छनौट गरेर फोरजी सेवा विस्तार गरिएको भन्दै टेलिकमले फोरजीरएलटीई सेवा आगामी माघसम्म देशभर सञ्चालन गर्ने जनाएको छ ।

फोरजी सञ्चालन भएका जिल्लाहरु :
१ धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही १९. सिन्धुली २०. वाग्लुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५. लमजुङ ३६. सप्तरी

शहरहरूः
१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मंगलापुर २४. बुटवल २५. मुर्गिया २६ सुनवल २७. देवदह २८. परासी २९. वर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३. धादिङ ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरीकोट ४४. मन्थली ४५. सिन्धुपाल्चोक ४६. गौर ४७. मलंगवा ४८. जलेश्वर ४९. जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्ऽगढी ५८. बेसीशहर ५९. भारदह

नयाँ विस्तार भएका स्थानमा ग्राहकले यो सेवा पाउन सुरुमा सेवा दर्ता गर्नुपर्छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *४४४# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेस्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नु पर्दैन । पहिलोपटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

फोरजी सेवा चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो र यो थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को मापदण्ड अनुसार फोरजीमा इन्टरनेट १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिमा चल्दछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत