नेपाल र चीनद्वारा १४ बुँदे संयुक्त वक्तव्य जारी : दुवै पक्ष एकअर्कालाई सहयोग गर्न सहमत

२६ असोज ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति स्वदेशफर्किए लगतै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ ।

वक्तव्यमा नेपालका राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेको उल्लेख गर्दै विषयको उठान गरिएको छ ।

भ्रमणको क्रममा राष्ट्रपति सीले नेपाली समकक्षीसँग भेट गरेको, प्रधानमन्त्रीसँग भेटवार्ता गरेको, राष्ट्रपतिद्वारा आयोजित स्वागत भोजमा भाग लिएको, द्विपक्षीय सम्बन्धमा गहन विचारहरूको आदानप्रदान गरिएको साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका बारे दुबै पक्षले तथ्यमा सन्तुष्टि व्यक्त गरेको उल्लेख गरिएको छ ।

संयुक्त वक्तव्यमा नेपाल र चीनले बीआरआई महत्वका साथ उठाइएको छ । भने, दुबै पक्ष एकअर्काको स्वतन्त्रता, सार्वभौमिकताको सम्मान गर्न सहमत रहेको उल्लेख छ ।

यसैगरी दुबै पक्षले राम्रो छिमेकी नीति अनुसरण गर्ने उल्लेख गर्दै नेपाली पक्षले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिबद्धता दोहो¥याएको छ ।

दुबै पक्ष दुई देशीय सम्बन्धलाई अझ मजबुत गर्न र पारस्परिक लाभदायी बनाउन, क्षेत्रीय मुद्दाहरुमा सहयोगलाई सुदृढ पार्दै आपसी हितका विषयहरुमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन् ।

संयुक्त वक्तव्यको पूर्णपाठ :

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत