एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

१ कार्तिक ०७६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् भने महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै, सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् भने सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत