सरकारी रकम हिनामिना गरेको आरोपमा तनहुँ धरमपानीका अध्यक्ष र कोषाध्यक्षविरुद्ध आरोप पत्र दायर

१ कार्तिक ०७६, काठमाडौं । तनहुँ धरमपानी गाविसस्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङविरुद्ध आरोप पत्र दायर गरिएको छ ।

अध्यक्ष र कोषाध्यक्षले धरमपानी गाविस तथा जिल्ला विकास समितिको कार्यालय तनहुँबाट विद्युतीकरणको लागि निकासा भएको १९ लाख, ४० हजार, ९ सय, २ रूपैयाँ ग्रामीण विद्युतीयकरण कार्यमा खर्च नगरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

उनीहरु विरुद्ध सरकारी रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसार विगोबमोजिम जरिवाना गरी विगो असुलउपर हुन मागदावी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग आयोगको प्रवक्ता तथा सूचना अधिकारी प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत