महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

३ कार्तिक ०७६, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

श्रेस्तेदार आनन्द श्रेष्ठकाअनुसार न्यायाधीश बाबुराम सुवेदीको इजलासले कार्तिक २ गतेदेखि लागू हुने गरी थप ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

महरामाथिको अनुसन्धानका लागि प्रहरीले ७ दिन म्याद थप गर्न आग्रह गरेको थियो ।

प्रहरीलाई यौन दुव्र्यवहारको जाहेरी दिएकी संसद सचिवालयकी पीडित महिला आज अदालतमा उपस्थित भएकी थिइन् ।

इजलास समक्ष पीडित महिलाले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत