मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदारसहित दुई जना पक्राउ

४ कार्तिक ०७६, काठमाडौं । मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदारसहित दुई जना घुससहित पक्राउ परेका छन् ।

खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग १२ हजार घुस लिइरहेको अवस्थामा पौडेल र भट्टराईलाई पोखरा महानगरपालिका २९ मालपोत कार्यालय परिसर नजिकबाट रङ्गेहात पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता एवम् सूचना अधिकारी प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत