सरकारले दुरगामी असर पार्ने कदमहरु चालेको छ – प्रधानमन्त्री

५ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कहिल्यै नभएका काम सरकारले गरेको बताएका छन् ।

सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले दुई सय त्रिचालीस पक्की पुुल, १६ सय किलोमिटर सडक कालोपत्रे गरिएको भन्दै करिब २ सय झोलुङ्गे पुल निर्माण गरिएको बताए ।

सरकारले बैंक खाता, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रम गरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरू बन्दैछ । फास्ट ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ ।’

कतिपयले आफूले पानी जहाजको कुरा गर्दा खिल्ली उडाए पनि सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताए ।

‘कुरा गर्ने मान्छेहरू कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको पनि बताएका छन् ।

उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत