मोतिहारी–चितवन ग्यास पाइपलाइन शुभारम्भ

९ कार्तिक ०७६, बारा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन पेट्रोलियको परियोजनाको शुभारम्भ भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले शनिबार उक्त परियोजना बाराको अमलेखगञ्जमा औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।

“मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइन परियोजना ‘सर्भे’को शुभारम्भ बाराको अमलेखगञ्जमा गर्यौं” मन्त्री यादवले आफ्नो फेसबुक पेजमा शुभारम्भको एक फोटो समेत पोष्ट गर्दै लेखेका छन्, “भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल एक सय ३१ किलोमिटर ग्याँस पाइपलाइन निर्माण हुनेछ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन बिस्तार हुनेछ ।”

 

मन्त्री यादवले देशका विभिन्न भागमा पाइपमार्फत् इन्धन आपूर्ति गर्ने सरकारको योजनाअनुसार पाइपलाइन विस्तार गरिएको बताए ।

उनले पाइपमार्फत् इन्धन आपूर्ति मात्र नभई खाना पकाउने ग्यास समेत पाइपबाटै ल्याउने कामको शुरुवात भएको पनि बताए ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अमलेखगञ्जमा भण्डारणका लागि पर्याप्त जग्गा नभएकाले चितवनसम्म पाइपलाइन विस्तार गर्न लागिएको भन्दै अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्न अनुमानित लागत पाँच अर्ब ६७ करोड लाग्नेछ भने पेट्रोलियम पदार्थ भण्डारण गर्न करिब चार अर्ब १९ करोड रुपैयाँ लाग्ने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत