१३ कार्तिक ०७६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्लले पाएका छन् ।
कप्तानबाट पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ(क्यान)ले नयाँ कप्तानको जिम्मेवारी मल्ललाई दिएको हो ।
पारस खड्का एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।
क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी दिएको छ ।