प्रधानमन्त्री ओली डिस्चार्ज

१४ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी गराए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान १० बजे ग्राण्डी अस्पतालमा लगिएको थियो ।

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा अध्यक्ष प्रचण्डसहित अन्य नेताहरु अस्पताल पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत