प्रधानमन्त्रीद्वारा स्वास्थ्य अवस्थाबारे जानकारी

१६ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको जानकारी दिए । उनले अबको विकल्पमा नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको समेत जानकारी दिँदै उनले भने –‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्नेछन् ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । दुई दिन अस्पताल बसेका ओलीको उपचारका क्रममा २४ घण्टामा दुई पटक डायलासिस गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत