१८ कार्तिक ०७६ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
सचिवालयले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई सिफारिस गरेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।
सिफारिस भएका नामहरु मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
सातै प्रदेशका प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी थिइन ।