नेकपाको अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन

२५ कार्तिक ०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको सचिबालय बैठकले आयोगका अध्यक्षमा बोहरालाई र सचिवमा अशोक रोकायलाई चयन गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।

केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत