३० कार्तिक ०७६, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चारजना राष्ट्रिय फुटबल खेलाडीलाई कारवाही गरेको छ ।
विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल घर्ती मगर, अञ्जन अञ्जन, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो ।
चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए । उनीहरुलाई अनुशासन उल्लंघन गरेकाले तत्काल टिमबाट निस्कासन गरिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए ।
उनले भने, ‘ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।’
नेपाली टिम शनिबार कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो ।