प्रहरी सहायक निरिक्षक महतो उत्कृष्ट प्रहरी घोषित

३० कार्तिक ०७६, राजविराज । सप्तरी प्रहरीले इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक अर्जुन कुमार महत्तोलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेको छ ।

विभागीय नीति निर्देशन, संगठनको मुल्य मान्यता र अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रण कार्यमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रहरी सहायक निरिक्षक महतोलाई सम्मानित गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाईका अनुसार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ पिप्रा टोल बस्ने जनक मुखियाको छोरा २३ वर्षिय अजय कुमार मुखियाको हत्या घटनाको सफल अनुसन्धान गरे वापत उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

बोक्सीको आरोपमा एक महिला कुटिए

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवा मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरो लगाउँदै आफन्तबाछै निर्घात कुटपिट गरेका छन् ।

आफन्तहर मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।

कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ । दुई महिना अगाडि पनि बोक्सीको आरोपमा आफू र श्रीमानलाई समेत उनीहरुले खुट्टा भाच्ने गरी कुटपिट गरेको पीडित श्यामबतिले जानकारी दिइन् ।

सो समयमा कुटपिट घटनाबारे ईलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएपछि स्थानिय जनप्रतिनिधि, प्रहरी तथा स्थानियहरूको पहलमा अब उपरान्त कुटपिट नगर्ने भनी मिलापत्र गराइएको थियो ।

मिलापत्र भएको दुई महिना नबित्दै पुनः गालीगलोज, कुटपिट हुन थालेपछि परिवारको शान्ति सुरक्षा मिलाईदिन पीडितका पति बचेलालले आग्रह गरेका छन ।

यता पीडितले दोषीलाई कानुनी बमोजिम कारवाही सँगै क्षतिपुर्ति मागसहित आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएका छिन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत