५ मंसिर ०७६, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत कर्मचारी घुससहित पक्राउ परेका छन् ।
विद्युत प्राधिकरण शाखा, बारामा तह २ ईलेक्ट्रिक हेल्परमा कार्यरत राजदेव महतो कोइरी ९ हजार घुसहित पक्राउ परेका हुन् ।
नयाँ विद्युत मिटर जडानको सिफारिसका लागि सेवाग्राहीसँग रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले उनलाई उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित, चिया पसलबाट पक्राउ गरेको हो ।