उपत्यकामा मंसिर १५ गते बिजोर र २४ गते जोर नम्बर प्लेटका सवारी मात्रै चल्ने

१२ मंसिर ०७६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औं दक्षिण एसियाली खेलकुद (साग)को समयमा पुराना सवारी साधन नचलाउन अनुरोध गरेको छ ।

महाशाखाले साग खेलकुद अवधिभर मंसिर १५ देखि २४ गतेसम्म ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन आम उपत्यकावासीहरूलाई ८ बुँदे अनुरोध जारी गरेको हो ।

ट्राफिक प्रहरीले साग खेलकुदको समयमा ठूला मालवाहक सवारी साधनहरु रिङरोडभित्र प्रवेश नगर्न, दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकभर प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न, मंसिर १४ गते उद्घाटन र मंसिर २४ गते समापनको दिन कम भन्दा कम चलाउन अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले १५ गते विजोर र २४ गते जोर नम्बरप्लेटका सवारी साधनमात्र चलाउन अनुरोध गरेको छ ।

यस्तै महाशाखाले ट्राफिक सम्बन्धी समस्या र अन्य जानकारीका लागि टडलाइन १०३ मा फोन गर्न र मेट्रो एफ एम ९५.५ मेघाहर्ज सुन्न समेत अनुरोध गरेको छ ।

  •  
  •  
  •  
  •  
  •