१५ मंसिर ०७६, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
कास्की २ को उम्मेदवार भट्टराई २४ हजार ३ सय ९४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४०३ मतले पछि पार्दै फराकिलो मतान्तरले चुनाव जितेकी हुन् ।
उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।
यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् ।