फुुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो

१७ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ ।

करिव ५ वर्षपछि मंगलबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ४–० गोलको अन्तरले हराएको हो ।

खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा खेलको ५० औं मिनेटमा सुजलले नै दोस्रो गोल गरेका थिए भने तेस्रो गोल अभिषेक रिजालकोे ६६ औं मिनेटमा गरेका थिए ।

त्यसैगरी, चौथो गोल भने मिक्चेन तामाङले ७७ औं मिनेटमा गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •