छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाबुवाको हत्या

२० मंसिर ०७६, भैरहवा । रुपन्देहीको ओमसतियामा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाबुवाको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो ओमसतिया ४ सानो बालापुरमा २८ वर्षीय छोरा गोरख यादवले घरमै बसिरहेका ७२ वर्षीय बाबु रामनारायण यादव र ७० वर्षीय आमा ठगना यादवलाई हसियाले हानेर हत्या गरेको हो ।

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताए ।

घटनापछि छोरा गोरखलाई नियन्त्रणमा लिईएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गोरखको मानसिक सन्तुलन ठीक नभएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •