खरेलको नेतृत्वमा स्वास्थ्य श्रमिक संघ पुनर्गठन

अखिल नेपाल स्वास्थ्य श्रमिक संघको बैठकलाई सम्बोधन गर्दै अन्टुफ कार्यवाहक अध्यक्ष जगत सिम्खडा ।

२१ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघको केन्द्रीय समिति बैठकले सांगठनिक जिम्मेवारी फेरबदलसहित कमिटी पुनर्गठन गरेको छ ।

अन्टुफ केन्द्रीय अध्यक्ष एवम् सांसद जगत सिम्खडाको प्रमुख आतिथ्यमा शनिबार पेरिसडाँडा कोटेश्वरमा बसेको संघको बैठकले जिम्मेवारी फेरबदल गर्दै ५१ सदस्यीय कमिटी पुनर्गठन गरेको हो ।

बैठकमा सांगठनिक मन्तव्य राख्दै अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी अध्यक्ष निशा खरेल ।

निशा खरेलको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्ष आत्मराम विष्ट, प्रकाश राना, जमुना गुरुङ, साबित्री पौडेल, भिमसेन बुढाथोकी, रमेश बोहरा, प्रेमराम गिरी रहेका छन् भने महासचिव टंक पौडेल चयन भएका छन् ।

यसैगरी शेरबहादुर शाही, छविलाल पौडेल, साबित्रा अधिकारी, श्यामप्रसाद पाण्डे र राजकुमार मगर सचिव चुनिएका छन् ।

बैठकले पुस मसान्तभित्र सातै प्रदेशको भेला, बैठक गरी कमिटी गठन, पुनर्गठन गरिसक्ने, अन्टुफ–जिफन्ट एकताको लागि संगठनलाई चुस्त बनाउने निर्णय गरिएको संघकी अध्यक्ष निशा खरेलले जानकारी दिइन् ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघको बैठकमा सहभागी केन्द्रीय समिति सदस्यहरू ।

उनले प्रदेश नं. १ को संयोजक जसबहादुर बस्नेत, २ मा आजम हुसेन, ३ मा राजकुमार मगर, ४ मा छविलाल पौडेल, ५ मा अमृत सापकोटा र ७ मा चन्द्रीका विष्टलाई संयोजक तोकिएको साथै प्रदेश नं. ६ मा महासंघसँग समन्वय गरेर तोकिने बताइन् ।

अन्टुफ कार्यवाहक अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यता, उपाध्यक्ष एसबी थापा, कोषाध्यक्ष धनश्याम ठकुरी र प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीको आतिथ्यमा बसेको उक्त बैठकको अध्यक्षता संघकी अध्यक्ष निशा खरेलले गरेकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •