ओलीको लात खाएपछि प्रचण्डलाई ठीक्क भा’छ – देउवा

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुट्टै नटेक्ने मान्छे भएको बताएका छन् ।

सभापति देउवाले शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलालाई सम्बाेधन गर्ने क्रममा  ओलीको लात खाएपछि प्रचण्डलाई ठीक्क भएकाे! बताएका हुन् ।

देउवाले भने, “धेरै पटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको होइन ? खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक्क भा’छ ।”

यस्तै पार्टीलाई आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा धन्यवाद दिँदै उनले चुनावबाहेक अर्को बाटो नहुनसक्ने भएकाले त्यसका लागि समेत तयार रहनुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •