प्रदेश २ मा माओवादी केन्द्र संसदीय दल नेता भरत साह चयन

२८ चैत्र ०७७, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) प्रदेश २ को संसदीय दलको नेता भरत साह चयन भएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रकाे बैठकले दलको नेतामा साह र उपनेतामा जगत यादवलाई चयन गरेको हो ।

यस्तै बैठकले प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्णलाई सचेतक चयन गरेको छ ।

दल नेता रामचन्द्र मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेपछि मण्डलसहित ४ सांसदलाई पार्टीले स्पष्टीकरण लिने निर्णय गरेकोे दल नेता साहले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी एमालेको ओली समूहमा क्रियाशील रहेका छन् ।

माओवादी केन्द्रले ओली समूहमा क्रियाशीलहरूलाई प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी गरेको छ ।

  •  
  •  
  •  
  •  
  •