गृहमन्त्री थापाले दल त्याग गरेको संसद सचिवालयलाई जानकारी

२८ चैत ०७७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी परिवर्तन गरेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ले दलत्याग गरेको पत्र संसद सचिवालयमा जानकारी गराएकाे छ ।

राष्ट्रियसभा नेकपा (माओवादी केन्द्र) दलका नेता दिनानाथ शर्माले गृहमन्त्री समेत रहेका थापाले दलत्याग गरेको पत्रसहित संसद सचिवालयलाई जानकारी गराएका हुन् ।

सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •