विपुल पाेखरेल पत्रकार महासंघकाे अध्यक्ष निर्वाचित

२८ चैत्र ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार अध्यक्षको उम्मेदवार पोखरेलले ६ हजार ९४२ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ३ हजार ९१५ मत पाएकी छन् ।

अध्यक्ष निर्वाचित पाेखरेलकाे प्यानलमा नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनले गठबन्धन गरेका थिए ।

त्यस्तै अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी शर्माकाे प्यानलमा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको गठबन्धन बनेको थियोे ।

ओली समूह निकट प्रेस चौतारीको एक जना मात्रै महासंघमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •