साम्राज्ञी शर्माले जितिन् मिस टिन २०२१ प्रदेश १ को उपाधि

बिर्तामोड । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जित्न सफल भइन् ।

मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए ।

उपाधि विजेता शर्माले नगद ५० हजारसहित ट्रफि र ताज प्राप्त गरेकी छन् । साथै, अध्ययनका लागि छात्रवृत्ति समेत पाएकी छन् ।

यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई भइन् । उनीहरुले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफि प्राप्त गरिन् ।

सो प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी रहेका थिए ।

  •  
  •  
  •  
  •  
  •