अब जग्गाको नक्सा घरबाटै लिन सकिने

३ बैशाख ०७८,  काठमाडौं । आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा घरबाटै लिन पाइने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार प्रणालीको उद्घाटन गरेसँगै कारोबार वा अन्य प्रयोजनका लागि जग्गाको नक्सा घरबाटै लिन सकिने भएको हाे ।

नापी विभागले बिहीबारबाट ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फरमेसन (नेल्स) प्रणाली सुरुवात गरेपछि जग्गाको नक्सा लिन नापी कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।

हाल कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयबाट सेवा सुरु गरिएको छ भने एक सय २१ वटै नापी कार्यालयमा यस सेवा विस्तार हुने बताइएको छ ।

अनलाइनबाट सेवा लिनका लागि ‘मेरोकित्ताडटजिओभीडटएनपी’मा लगइन गर्नुपर्नेछ । नक्साबापत निश्चित रकम वालेटबाटै भुक्तानीको व्यवस्था मिलाइएको छ ।

  •  
  •  
  •  
  •  
  •