अन्टुफ बागलुङ र म्याग्दी जिल्ला बैठक सम्पन्न

 ४ बैशाख ०७८, बागलुङ । अखिल नेपाल ट्रेड युनियन महासंघ, बागलुङ र म्याग्दी जिल्ला समितिकाे विस्तारित बैठक सम्पन्न भएको छ ।

शनिबार बिहान बागलुङ सदरमुकाम बागलुङ बजारमा सम्पन्न र अन्टुफ बागलुङको बैठकले कृष् जिसीकाे संयाेजकत्वमा तेजेन्द्र परिवार सचिव रहने गरी २१ सदस्यीय कार्यसमिति गठन गरेकोे छ ।

नवगठित कार्यसमितिका सदस्यहरू दुर्गा श्रीस, हेम ब. बस्नेत, जगत ब.थापा, राजु जैसी, मीन ब.परियार, राधा थापा, किसान चाेखाल, भूमिश्वर चाेखाल, अर्जुन ढकाल, अनुप खड्का, गाेकुल उपाध्याय, प्रेम किसान, कृष्ण कुँवर लगायत रहेका छन् ।

साे बैठकमा नेकपा माओवादी केन्द्र बाग्लुङकाे जिल्ला अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ काे प्रमुख आतिथ्य, अन्टुफ केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापाकाे विशेष आतिथ्य साथै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यद्वय लालबहादुर परियार,यज्ञ बल्लव शर्मा, अन्टुफ गण्डकीका काेषाध्यक्ष टंक पाैडेल, सहसचिव गुणराज बास्तोला, नेकपा माओवादी केन्द्र बाग्लुङ नगर कमिटी सचिव इन्द्र केसीको आतिथ्य रहेको थियोे ।

बैठकमा सिलाई, हाेटल, निर्माण, सेक्युरिटी, संघ-संस्था, यातायात मजदुरहरूको उपस्थिति रहेको थियोे । अन्टुफ जिल्ला कार्यसमिति म्याग्दीकाे बैठक सम्पन्न

यस्तै आजै अन्टुफ जिल्ला कार्यसमिति म्याग्दीकाे बैठक अपरान्ह सम्पन्न भएको छ ।

बेनीबजारमा सम्पन्न बैठकले कृष्ण घर्तीकाे संयाेजकत्वमा १३ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ म्याग्दी जिल्ला भेला आयाेजक समिति गठन गरेकाे छ ।

बैठकले एक महिनाभित्र पेशागत संगठन गठन, पुनर्गठन साथै जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला अध्यक्ष गाेविन्द पाैडेल, अन्टुफ गण्डकी प्रदेश इन्चार्ज एसबी थापा, काेषाध्यक्ष टंक पाैडेल र सहसचिव गुणराज वास्ताेलाकाे आतिथ्यता रहेकाे थियाे ।

 

  •  
  •  
  •  
  •  
  •