प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएन

४ बैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सो बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।

यसैबीच जनता समाजवादी (जसपा)ले पार्टीलाई सर्वदलीय बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ ।

यस्तै सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र) ले पनि बैठकबारे निम्ता नआएको जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा  जानकारी आएको होला । तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन ।’

सर्वदलीय बैठकमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भने सहभागी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •