नौ दिन आठ रात मनाइने बिस्केट जात्रा सम्पन्न

६ बैशाख ०७८, भक्तपुर । जिल्लामा मनाइने बिस्केट जात्रा सम्पन्न भएको छ ।

गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आइतबार साँझ पुनः भैरवको रथ तानेर सम्पन्न भएको हो ।

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीच सिन्दुर जात्रा र जिब्रो छेड्ने लगायत विभिन्न जात्रा गरेर मनाइएको हाे ।

यो जात्रा नयाँ वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी बैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गरिन्छ ।

 

  •  
  •  
  •  
  •  
  •